‘’किरातीहरुको चुला (सुप्तुलुङ) बारे’’

धार्माराज  साम्पाङ्ग  राई

किरात साम्पाङ्ग   राई मुन्दुम दस्ताबे १२६ धारा ६.६ अनुसार

किरात राईहरुले तिन चुलालाई सुप्तुलुङ / साम्खा ( पित्री  ) भन्दछन।

सुप्तुलुङ् किरात राई जातिको पितापुर्खा बस्ने पबित्र स्थानहो। जसलाई पित्री/माङ् /प्रकृतिको रुपमा सेवा पुजा गरिन्छ। रिदुम् – मुन्दुममा  किरात राईहरुको बिशिस्ट मौलिक पहीचानको रुपमा रहेको चुला दर्शन (तिन ज्ञान/ दृष्टिकोण) को ब्यबहारिक बर्णन, बैज्ञानिक बिश्लेषण  र ब्यख्या पाइन्छ साम्पाङ्ग राई जातिको धार्मिक- सांस्कृतिक जीवन धारा पुर्खाहरुको थिति – योगदान बाट निर्देशित हुन्छ।

साम्पाङ्ग  राई जातिले पुर्खाहरुलाई चुलामा सम्मान गरि उनिहरु द्वारा  निर्मित संस्कृतिक श्रध्दापुर्बक अवलम्बन गर्दछन। सामपाङ्ग राईको अगेनामा रहने उत्तर तर्फको चुलालुङ्को नाम दिवालुङ् (पित्री/ माङ् /स्रिस्टी चुला) भनिन्छ। पक्ष्चिम तिरको चुलालाई छेकुलुङ् /छोरी चेली/ धर्ति /प्रकृति भनिन्छ। त्यसैगरी  पूर्व तर्फको तेश्रो चुलाको नाम रुमिलुङ् भनिन्छ सले शाखा सन्तान दाजुभाई र समाजको प्रतिक गर्दछ। चुलाहरुको नाम राईहरुको भाषै पिच्छे फरक हुनसक्छ, तर दर्सन र पुजन प्रक्रिया एकै हुन्छ। दिवालुङ्लै मंग्छा लुङ् (पित्री) सुम्दिपारुलुङ् (सुम्निमा पारूहांग ) दिमा दिवालुङ् (बजेबोजु) मामा पापालुङ् (सृष्टिकर्ता आमाबाबा) को रुपमा पुजिंछ। दिवालुङ्लै साकुदिमा- साकुदिपालुङ् (प्रमपित्र जिमाजिजु) सयलुङ् (शिर आत्मा) रुरिलुङ् (आत्मा बरदानी) हिकिलुङ्  (चिताएको पुराउने), चोमलुङ् (शिरचुला) सुरिलुङ् (सिधा, इमान्दारी/सत्य) खिरिलुङ् (सिकारी पुर्खा), मेछालुङ् (पृष चुला), निनामलुङ् (आकाश चुला), बदिम्लुङ्  (मुनिको प्रतिक) , चावालुङ् (पानीको स्रोत), साकेंवालुङ् (सुम्निमा – पारुहांग पनि मानिन्छ।

यसैगरी छेकुलुङ्ग्लै सुम्दिलुङ्  (सुम्निमा), साकुदिमालुङ् (परम्पित्र जीमा), मामालुङ् (आमा) र छोरीचेली,बुहारी,दिदिबहिनी, आमा बोजु जीमा आदिको पर्तिकको रुपमा पनि मानिन्छ, पुजिन्छ। छेकुमालुङ्लै छेम्बिलुङ् (धन सम्पति दाता) चासुम्लुङ् (आन्नापानिको सहा) साकेंवालुङ् (सृष्टिकर्ता) हेन्खामालुङ् (भूमे), सोनालुङ् (सुन), रुपलुङ् (चादी), तम्दिलुङ् (तामा), वादिम्लुङ् वारेलुंग (जवाहरात), मायुन्लुङ् (सालिग्राम) सोबंङ्लुङ् (मोति)         आदिको रुपमा पनि पुजिन्छ |

रुमिलुङ् अर्को अति महत्वपूर्ण चुलाको काम घरभित्रको दाजुभाई र प्रथम सामाजिक सहकार्यको प्रतिकको रुपमा रहेको यो चुलालाई सावालुङ् (संतान) पनि भनिन्छ किरात साम्पाङ्ग राई समुदायमा सवालुङ् ले पाङ्गिलुङ् (भद्र- भलादमि) र रुमिलुङ् (गाउसमाज) अर्थात छरछिमेक,टोल, गाउ-समाज र देश बिचको अन्तर सम्बन्ध बुझाउछ,पुजिन्छ| किरात संस्कृतिले व्यक्तिलाई माछा र समाजलाई पानीको रुपमा बुझ्दछ रुमिलुङ्लै तयालुङ् (ज्ञानबुद्धि माङ्मालुङ्  (मुन्दुमी ज्ञान) कुबिलुङ् (बिद्वान दार्सनिक) माबिलुङ् (माङ् / पित्र) रिदुम् लुङ् (मुन्दुम) को रुपमा पनि लिईन्छ।

संसार भरिको मानबिय ज्ञान, शिप, बिबेक, मुल्यां , मान्यता, प्राबिधिक, आपसी सहयोग र अन्तरक्रिया नै हो  आज हामीले निरन्तर दिएको जिबन। तसर्थ व्यक्तिबीच, समाज-समाजबीच र राष्ट्र राष्ट्रियता सहकार्यको समिति बिस्व  बिधालय हो। किरात साम्पाङ्ग राई जातिहरुको पुर्खाहरु को आत्मसात रिदुम-मुन्दुमको ब्यबाहरिक दर्सन यहि हो , हेन्खामालुङ् (धर्ति चुला) लाई आमाको रुपमा प्राकृतिक ब्यबस्थापनको रुपमा मनिन्छ भने मामापापालुङ् (आमाबाबु चुला) को रुपमा लिईन्छ , त्यस्तै रुमिलुङ् नयापालिका चुलो हो। साम्पाङ्ग राईहरुको यो जिबन दर्सनालाई मुन्दुमीहरुले प्राचिनकाल देखि गाउदै, भन्दै, सुनाउदै हस्तान्तर गर्दै ल्याएका छन्। नेपालमा आएको पूर्ण जागरमको क्रममा यो परम्परालाई संगठित रुपमा खोज, अनुसन्धान प्रकासन तथा दस्ताबेजिकरनको कामले पनि तिब्रता पाएको छ |

किरात साम्पाङ्ग राई मुन्दुम दस्ताबे १२६ धारा ६.६ अनुसार

किरात सामपाङ्ग राई जुम्लेखा बेलायत कार्यसमिति

2017 – 2020

www.kiratsampangraijumlekhauk.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *